नियम ४२
गह्रौं भारी उठाउन नलगाउने
(१) रोजगारदाताले श्रमिकलाई चोटपटक लाग्ने वा निजको स्वास्थ्यमा हानी पुग्ने गरी गह्रौं भारी उठाउन, बोक्न वा ओसारपसार गर्न लगाउनु हुँदैन।
(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक रूपमा वजन उठाउनु पर्ने प्रकृतिको काम भएको प्रतिष्ठानले वजन उठाउनको लागि आवश्यक उपकरण वा मेशिनको प्रयोग गर्नु पर्नेछ।
(३) रोजगारदाताले श्रमिकलाई साधारणतया देहाय बमोजिमको वजन (तौल) भन्दा बढी गह्रौं भारी उठाउन, ओसारपसार गर्न वा बोकाउन लगाउन हुदैन।
(क) बालिग पुरुष                                         ५५के.जी.
(ख) बालिग महिला                                     ४५के.जी.
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त रुपमा बोराबन्दी भएको भार उठाउने, ओसार पसार गर्ने वा बोक्ने कार्य गर्नुपर्ने श्रमिकको हकमा उक्त वजनको हद लागू हुने छैन।